फोन :९७७-०१-४७८४९७४ / ९७७- ९८५१०२३०१८

नेपाल किड्नी फाउन्ड़ेसन

दिन प्रतिदिन बड्दो मृगौला सम्बन्धि समस्या नेपाल तथा नेपाल जस्ता अल्पविकसित मुलुकहरुमा बढिरहेको छ | यस्ता रोगहरुले गर्दा आम नेपालीको आर्थिक अवस्थाले डाइलोशिस एवं प्रत्यारोपण गर्न नसक्ने समस्या सिर्जना भएको यथार्थलाई मध्यनजरगरी मृगौला रोग तथा यस संग सम्बन्धित बिशेषज्ञहरुको समुहले मृगौला रोग लग्नबाट बाचाउन र यस्ता रोगीहरुलाई बेलैमा सचेत गराउन चेतनामुलक कार्य गर्न नेपाल किड्नी फाउन्ड़ेसन् नामक गैर सरकारी संस्था गठन गरेको छ | नेपाल किड्नी फाउन्ड़ेसन नामक संस्था जि. प्र. का काठमाडौँमा २०७० सालमा दर्ता भएको गैर सरकारी सामाजिक संस्था हो. यस संस्थामा मृगौला रोग लगाएत विभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुको समूह रहेको छ | यस संस्थाको सल्लाहकार समूहमा नेपाल सरकारको संबैधानिक निकाय तथा प्रशासनिक ओहोदामा बहाल रहेका र सेवानिवृत्त एवं ब्वापरिक क्षेत्रमा सफलता प्राप्त व्यक्तित्वहरुको संलग्नता रहेको छ |

जनचेतना

देश भर किड्नी सम्बन्धि रोगहरु सम्बन्धित चेतनामुलक कार्यक्रम नेपाल किड्नी फाउंडेशनले गरिरहेको छ । हामीले संसारको उच्चस्तारिया उपचार सुविधा प्राप्त गर्ने सुअवसर पाएका छैनौ। त्यसैले हामीले सबै मृगौला सम्बन्धित समस्या बाट जोगिनका लागि के के गर्नुपर्छ भन्ने कुरा जान्न आवश्यक छ।

हाम्रो उध्हेस्य

किड्नी विरामीहरु संख्या हरेक दिन बढ्दै गैरहेको छ। मृगौला रोगको उपचार धेरै महंगो हुन्छ। आफु स्वस्थ रहन, आफ्नो किड्नी लाई स्वस्थ राख्न आवस्यक छ – यहि को नेपाल किड्नी फाउन्ड़ेसन को उध्हेस्य

उपचार

पूर्व मेची देखि पश्चिम महाकाली सम्म नेपाल नेपाल किड्नी फाउन्ड़ेसन ले किड्नी सम्बन्धि रोग हरु बाट कसरी बच्ने र उपचार कसरी गर्ने भन्ने बारे निशुल्क स्वस्थ उपचार कार्यक्रम संचालन गर्दै आइरहेको छ